‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

काठमाण्डु टुडे २०८० माघ ३ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, ३ माघ– अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् ।

उनी लाहुरेको भुमिका रहने वा दाउरेको भनने केही खुलाइएको छैन् । फिल्मको मुख्य भुमिकामा उनले यसअधि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गैरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमले गर्नेछन् ।

यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् । फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us