प्रकाश सपूतले ल्याए ‘मुटु कटक्कै’ गीत

काठमाण्डु टुडे २०८० पुष १७ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १७ पुस– गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले सोमबार प्रकाश सपूत युट्युब च्यानलमार्फत आफ्नो ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरेका हुन । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको रहेको छ ।

स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त छ ।

भिडिओमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मा रहेका छन । नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us