सञ्चारमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

काठमाण्डु टुडे २०८० मंसिर १७ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पुर्‍याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग सोरुप न्यानो कपडा उपलब्ध गरेकी छन् ।

आज (आइतबार) रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति थियो । भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पुर्‍याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us