श्रीमतीलाई पेस्तोल देखाएर मार्न खोज्दा पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १६ गते ८:४२ मा प्रकाशित

धनुषा, १६ मंसिर– प्रहरीले धनुषाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका–८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । उनले श्रीमती ५० वर्षीया रामकाशी देवीलाई कुटपिटपछि हतियार देखाएर ज्यान मार्ने धम्की दिएका थिए ।

उक्त सूचना पाएर गएको प्रहरी टोलीले कटुवा पेस्तोलसहित रामईश्वरलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us