गाडीको ठक्करबाट सडकमा हिंडिरहेकी महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १६ गते ८:३५ मा प्रकाशित

काभ्रे, १६ मंसिर– गाडीको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु भएको छ ।

भकुन्डेबेसीबाट काठमाण्डु आउँदै गरेको प्र–१–०१९००१च८५९२ नम्बरको गाडीले ठक्कर दिँदा धुलिखेल नगरपालिका–११ पात्लेखोलाकी ५० वर्षीया यमुना ढकालको मृत्यु भएको हो । सडकमा हिंडिरहेका बेला उनलाई बिहान करिब सवा ६ बजेतिर ठक्कर दिएको काभ्रे प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते ढकालको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us