राजावादीलाई ओलीको जवाफः हामी फेरि रैती हुन तयार छैनौं

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– एमाले अध्यक्ष केपी ओलीले इतिहास भइसकेको राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने स्पष्ट गरेका छन् ।

पार्टीको झुलाघाटबाट सुरु भएर चिवाभञ्ज्याङमा समापन हुने समृद्धिका लागि संकल्प यात्राका क्रममा बैतडीको गोठलापानीमा आयोजित पहिलो आमसभालाई सम्बोधन गर्दै ओलीले प्रतिगामी शक्तिहरुले टाउको उठाउने प्रयास गरे पनि उनीहरु सफल नहुने बताए ।

कमजोर सरकारका कारण प्रतिगामी सल्बलाउन थालेको उनको भनाइ थियो । ओलीले गणतन्त्रको विरोध र राजतन्त्रको वकालत गर्नु असंवैधानिक भएको टिप्पणी गरे । त्यस्तो दुस्साहसी काम रोक्न पनि उनले राजावादीहरुलाई चुतावनी दिए ।

अहिले मुलुकमा राजतन्त्र नभए पनि केही राजावादीले राजतन्त्रको शालीक बनाएर हिंडेको भन्दै ब्यंग्य गरे । ।‘ उहिलेकै राजतन्त्रको सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ’, उनले भने ।

ओलीले राजतन्त्रको कुनै सम्भावना नरहेको चर्चा गर्दै फेरि रैती हुन जनता तयार नभएको बताए । इतिहासलाई पछाडि फर्काउने काममा नलाग्न उनले राजावादी समूहलाई आग्रह गरे ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us