प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

काठमाण्डु टुडे २०८० मंसिर १२ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे खड्काले आज मंगलबार जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ ।

टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गरीएको छ । मूलत हिन्दी भाषामा बन्ने यो फिल्म दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । फिल्ममा नायिका र अन्य कलाकार भने तय गर्न बाँकी रहेको र भारतमा चाँडै छायांकन सुरु गरिने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us