दुर्गा प्रसाईं समूहको प्रदर्शन बल्खुमा

काठमाण्डु टुडे २०८० मंसिर ५ गते १४:०० मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका लागि प्रदशृन गर्न सरकारले बल्खु स्थान तोकिदिएको छ ।

प्रसाईंले ७ मंसिरमा राजधानी केन्द्रति प्रदर्शनको घोषणा गरेका छन् । यसअघि सोही दिन घोषित एमाले युवा संघको प्रदर्शनका लागि सोमबार स्थानीय प्रशासनले तिनकुने तोकिदिएको थियो ।

प्रसाईं र युवासंघ दुवैले माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्ने घोषणा गरेपछि सम्भावित झडपको स्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न भनेको हो ।

यसअघि सोमबार प्रशासनले दुवै समूहका प्रतिनिधिलाई बोलाएर छलफल समेत गरेको थियो । यस्तै बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रमा एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us