माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर ५ गते ८:४७ मा प्रकाशित

पोखरा, ५ मंसिर– पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान  श्रीमतीको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–२९ पटनेरीस्थित नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती वर्ष ४६ कै सावित्री सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुस्ताङ जोमसोमका स्थायी बासिन्दा उनीहरु केही समयदेखि पोखरामा डेरामा बस्दै आएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका सुनार दम्पतीलाई प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो ।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us