काठमाण्डु, ४ मंसिर– सर्लाहीमा आज सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५२ वर्षीया लक्ष्मी पोखरेल रहेकी छन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिएका छन ।
नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेको पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो। महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएको ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन ।
बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको पनि उनले जानकारी दिएका छन । गाडीको ठक्करबाट सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ। चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएका छन ।