

काठमाण्डु, ४ मंसिर– कलाकार प्रकाश ढकाल मृत अवस्थामा भेटिएका छन ।धादिङको बेनिघाट–रोराङ गाउँपालिका–७ कृष्णभिरमा ढकालको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन । ढकाल स्याङ्जाको चापाकोट नगरपालिका–७ का हुन् ।
उनी काठमाण्डु बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाण्डुतर्फ आएका थिए। त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।