नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण गर्नुपर्ने

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १३:१७ मा प्रकाशित

 काठमाण्डु, ४ मंसिर– अबदेखि नेपालमा चल्ने सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्नुपर्ने भएको छ । सरकारले अव्यवस्थितरुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था ल्याएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने निर्देशि उल्लेख गरीएको छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था रहेको छ ।

यसका लागि सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ । निवेदन दिन स्वयं उपस्थित हुन पाउने र अनलाईनमार्फत समेत गर्न पाउने व्यवस्था गरिएको छ ।

सूचीकरणका लागि आएका निवेदनमध्येबाट मानसिव देखिएका सामाजिक सञ्जाललाई मात्रै नेपालमा सञ्चालनको अनुमति दिइने व्यवस्था निर्देशिकामा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us