

काठमाण्डु, ४ मंसिर– फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा परेर घाइते भएका छन । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा आइतबार बेलुका दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको पनि बताइएको छ । उनको अहिले काठमाण्डुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिएका छन् । भर्खरै पिच गरेको सडकमा तेर्साइएका ढुंगा छल्न खोज्दा चिप्लिएर कार खसेको किरणले जानकारी दिएका छन । दुर्घटनामा चालक राज थापा मगर सामान्य घाइते छन् ।