

काठमाण्डु, ४ मंसिर– आज (सोमबार) पनि पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
धमेना केन्द्रबिन्दु बझाङको भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।