

काठमाण्डु, ४ मंसिर– प्रहरीले बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो ।
उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा सलंग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का सुरेश भन्ने सुयस थापा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिएका छन ।
यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ ।