
काठमाण्डु,२ मंसिर– यहि ९ मंसिरमा पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन् ।
पूर्वराजा शाह विर्तामोड नगरपालिका १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जान लगेको शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन ।
सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका हुन ।