लोक सेवाले माग्यो २ सय ५७ कर्मचारी

काठमाण्डु टुडे २०८० मंसिर १ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ गरी २५७ कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा आयोगले कर्मचारीको माग गरेको हो ।

आज (शुक्रबार) सूचना प्रकाशित गर्दै आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख गरीएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने आयोगले जानकारी दिएको छ ।

दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us