अटो दुर्घटनामा महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक ३० गते १३:०५ मा प्रकाशित

दाङ, ३० कात्तिक– दाङमा भएको अटो दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा छिन् । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बुढाको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

बुधबार दिउँसो गुरासेनी डाँडाबाट रा१ह ५८०५ नम्बरको अटो ब्रेक फेल भर्इ पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन् ।
जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई उपचारका लागि लगिएको भए पनि त्यहाँ प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो ।
कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us