

काठमाण्डु,२६ कातिक– पूर्वी नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भयसँगै मृतकको सङ्ख्या सात पुगेको हो ।
मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।
यस्तै, बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ ।
दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिएका छन ।