

तनहुँ, २५ कात्तिक– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ मा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यादे–७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बराली रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख २९४१ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको लु४६प४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक मोटरसाइकल पछाडि सवार थिए ।
तनहुँ प्रहरीका डिएसपी मोहनबहादुर खाँणले दुर्घटनामा गम्भीर घाइते भएका बरालीको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
मोटरसाइकल चालक १९ वर्षीय विशाल बराली घाइते छन । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन अघि बढाएको छ ।