तिहार सुरु, आज कागतिहार

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक यो वर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । – कात्तिक कृष्ण त्रयोदशीको साँझ यमदीपदान गरेसँगै यमपञ्चक सुरु भएको मानिन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिले कृष्ण त्रयोदशी तिथि परेका कारण आज साँझ मात्र यमदीपदान सुरु गर्नुपर्ने बताएको छ । कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । दोश्रो दिन आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । सोमबार गाईपूजा तथा मंगलबार गोरुपूजा, गोवर्द्धन पूजा र म्हः पूजा गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सुरु भएको तिहार कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबाहिनीका हातबाट दाजुभाईले भाइटीका लगाएासँगै सकिन्छ । भाइटीकाको उत्तम साइत बुधबार १० बजेर ५१ मिनेटमा रहेको समितिले जनाएको छ ।

राज्य सञ्चालनमा बस्नेबाहेक सर्वसाधारणका लागि भने उक्त दिन बहानैदेखि सूर्यास्तअघिसम्म टीका लगाउन हुने पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us