प्रहरीका पाँच एसपी एसएसपी बढुवामा सिफारिस

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते ८:२२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– नेपाल प्रहरीका पाँच एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् ।

बढुवा समितिको शुक्रबारको बैठकले जनपद समूहका पाँच एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समिति सदस्य गृह मन्त्रालयका सहसचिव केदार शर्माका अनुसार बढुवा सिफारिसमा पर्नेमा एसपीहरु बसन्त रजौरे, रविकुमार पौडेल, नबीनराज राई, वीरबहादुर ओली चन्द्रदेव राई छन् ।

प्रहरी नियमावलीमा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले एसएसपी बढुवाको निर्णय गर्ने व्यवस्था छ ।

सिफारिस भएको एक साताभित्र मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us