रौतहटमा महिलाको मृत्युको विषयमा एक स्वास्थ्यकर्मी पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, २२ कातिक– प्रहरीले रौतहटमा बिरामीको मृत्यु भएको विषयमा एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्वास्थ्यकर्मी इन्द्रदेव यादव रहेका छन । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी यादवलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

२० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएको थियो ।

वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us