१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २२ कातिक– प्रमुख प्रतिपक्षी दल एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने भएको छ ।

एमाले मुख्यालय च्यासलमा आज बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन ।

यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव ज्ञवालीले जानकारी दिएका हुन ।

उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us