चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २२ आसोज– चीन सरकारले भूकम्पपीडितको राहतका लागि दिएको सहयोग सामग्रीसहित आज हस्तान्तरण भएको छ ।

चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

चीन सरकारबाट उच्च क्वालिटीको सामान हस्तान्तरण भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । सो क्रममा चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको उनले बताएका छन ।

४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश भएको पनि उनले बताएका छन ।

राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us