कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा पठायो दुई महामन्त्री

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २२ आसोज– कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्र जाजरकोट पठाएको छ ।

आज (बुधबार) विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जानकारी दिएको छ ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी दिएको छ ।

उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन कांग्रेसले गरेको छ ।

कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us