
गुल्मी, २१ कात्तिक– गुल्मीमा किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ ।
चन्द्रकोट–४ हुग्दी खोलामा शुक्रबार बिहान १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन् । गुल्मी प्रहरी प्रमुख एसपी नवीनकिशोर प्रधानले बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई चन्द्रकोट बस्दै आएका २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएको हो ।
प्रधानका अनुसार किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो । बिहीबार परिवारसँर्ग धान काट्न खेतमा गएकी किशोरी सुर्ती किन्न पसलमा गएकामा फर्कएकी थिइनन् । त्यसको भोलिपल्ट शुक्रबार बिहान शव भेटिएको थियो ।