

काठमाण्डु, २० कातिक– शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी रुकुमपश्चिममा तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक, बर्दियाकै ३६ वर्षीय अनिल विक र रुकुमपूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगर रहेका छन । ुपुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए ।
कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिएका छन ।
रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।