
काठमाण्डु, १२ कात्तिक– संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले हमासले इराकमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका विपीन जोशीको सकुशल घर फिर्तीको कामना गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटेपछि आयोजित पत्रकार सम्मेलनमा उनले जोशीसहित बन्धक बनाइएका सबैलाई हमासले निसर्त रिहा गर्नुपर्ने बताए । यस्तै उनले हमास आक्रमणमा निधन भएका १० विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गरे ।
‘हराइरहेका विपीन जोशी सकुशल घर फिर्ता होउन् भन्ने कामना छ,’ पत्रकार सम्मेलनमा गुटेरसले भने । सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्नेमा जोड दिए ।
हजारौं माइल टाढा मध्यपूर्वमा भएको हिंसाले नेपाललाई समेत प्रत्यक्ष असर पारेकामा दुःख लागेको बताए ।