मलेखुमा स्कुल जाँदै गरेका दुई विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु

काठमाण्डु टुडे २०८० असोज १७ गते १०:०८ मा प्रकाशित

धादिङ, १७ असोज– धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको धादिङ प्रहरीका डिएसपी सन्तुलाल जैसवारले बताए । उनीहरु स्थानीय बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।
काठमाण्डुबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान उनीहरुलाइ ठक्कर दिएको हो ।

घटनापछि आक्रोशित स्थानीयले चालकमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु खण्डमा यातायात अवरुद्ध गरेका छन् । प्रहरीले ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us