
बझाङ, १६ असोज– बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्युभएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ मयानास्थित ओखलकी ४० वर्षीया गुणमति धामीको मृत्यु भएको प्रहरीले जनाएकोछ । टिमुर टिप्न जंगल गएका बेला भूकम्पका कारण ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यसैबीचभूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ । बझाङमा मंगलबार ४ घण्टाको बीचमा ७ पटक भूकम्प गएको छ ।