काठमाण्डु, ८ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन र पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति भएपछि पौडेल पहिलोपटक जनकपुरधाम आएका हुन् ।
राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर मन्दिर दर्शन गरेपछि आलोचना भएकोछ ।
राष्ट्रपतिलेवमहेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा उनलाई जनकपुरधामउपमहानगरपालिले नागरिक अभिनन्दन गर्ने छ ।