सल्यान जिप दुर्घटना: मृत्यु हुनेमा गाडी धनी र चालक

काठमाण्डु टुडे २०८० असोज ८ गते ९:४५ मा प्रकाशित

सल्यान, ८ असोज– सल्यानको कपुरकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका– १८ दाँङका ५० वर्षीय गणेश बुढा र २५ वर्षीय भक्तबहादुर घर्ती छन् । रोल्पाबाट तरकारी बोकेर तुलसीपुर आउँदै गरेको रा१च १०२५ जिप कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरामा दुर्घटना भएको हो ।
सल्यान प्रहरी प्रमुख डिएसपी नबीन कार्कीका अनुसार मृतकमध्ये बुढा सवारी धनी र घर्ती चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगीको तुलसीपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । डिएसपी कार्कीका अनुसा जिप सडकबाट तीन सय मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us