सरकारका पॉच मन्त्री र शिक्षक नेताबीच वार्तामा कुरा मिलेन, शुक्रबार फेरि वार्ता

काठमाण्डु टुडे २०८० असोज ४ गते २१:५१ मा प्रकाशित

काठमाण्डू, असोजसरकार आन्दोलनरत शिक्षक प्रतिनिधिबीचबिहीबार सॉझ भएको वार्ता निस्कर्षमा पुग्न सकेन गृह मन्त्रालयमा भएको

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहभागी थिए शिक्षकहरुका तर्फबाट आन्दोलनको नेतृत्वकर्ता शिक्षक  महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोरसुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठननेपाल शिक्षक संघ एकीकृत अखिलनेपाल शिक्षक संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए शुक्रबार बिहान बजे फेरि छलफल गर्ने सहमति भएको दुवै पक्षलेबताएका छन् यसअघि बिहीबार बिहान पनि वार्ता भएको थियो

विद्यालय शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै शिक्षकहरुले बुधबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेरकाठमाण्डू केन्द्रित आन्दोलन सुरु गरेका हुन् आन्दोलनमा ७७ वटै  जिल्लाबाट हजारौं शिक्षक/शिक्षिका राजधानी आएका छन्   अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा कार्यसम्पादन मूल्याङ्कनलगायत माग अघिसारेका छन् आफूहरुलाई स्थानीय तह मातहत राखिएकामा सबैभन्दा बढी आपत्ति जनाएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us