सर्पले डलेर वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०८० असोज ४ गते ९:५१ मा प्रकाशित

सिन्धुली, ४ असोज– सिन्धुलीको दुधौलीमा सर्प दंसबाट एक वृद्धाको ज्यान गएको छ ।

दुधौली नगरपालिका–६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको बुधबार सर्पदंसका कारण ज्यान गएको हो । उनको दुधौली सर्पदंश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएइको छ ।

सिन्धुली प्रहरीका डिएसपी चिरञ्जिवी दाहालले अस्पताल लगेको केही समयमै चिकित्सकले माझीलाई मृत घोषणा गरेको जानकारी दिए । शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us