
काठमाण्डु, ३१ भदौ– चिकित्सकहरु देशभरका अस्पतालमा आकस्मिकबाहेक उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
कार्यस्थलमै चिकित्सकमाथि आक्रमण हुन थालेको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारिएको छ ।
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा। प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले हातपात गरेका थिए ।
चिकित्सक संघले घटनाका दोषीमाथि कारबाही तथा सबै स्वास्थ्य संस्थामा अनिवार्य स्वास्थ्य संस्था सुरक्षाबल स्थापना गर्न माग गरेको छ । कुटपिटमा संलग्न मृतकका श्रीमती, छोरा र छोरीलाई प्रहरलिे पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतले तीन दिन थुनामा राख्न पनि आदेश दिइसकेको छ ।
दोषी पक्राउ परिसक्दा पनि चिकित्सकहरुले स्वास्थ्य संस्थामा काम ठप्प पार्दा बिरामीको बिचल्ली भएको छ ।