
काठमाण्डु, ३० भदौ– अमेरिका र चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द् पौडेल भेटेका छन् ।
राष्ट्रपतिलाई प्रचण्डले शनिबार शीतलनिवासमा भेटेका हुन् । भेटमा प्रचण्डले अमेरिका र चीन भ्रमण तथा भ्रमणका एजेण्डाबारे राष्ट्रपतिलाई अवगत गराएको उनको सचिवालयले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रचण्ड आज त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम छ ।
उनले ४ असोजमा महासभालाई सम्बोधन गर्नेछन् । ५ असोजमा प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जाने कार्यक्रम छ ।