
काठमाण्डु, ३० भदौ– काठमाण्डुको तीकुनेमा चार जनाको सामूहिक हत्या भएको छ ।
काठमाण्डु हानगरपालिका–३२ स्थित एक काठ मिलभित्र चार जनाको विभत्स हत्या भएको हो । प्रहरीका अनुसार सबैको शव धारिलो हतियारले क्षतविक्षत पारेको अवस्थामा भेटिएको छ । हत्या भएकामध्ये तीन जना एकै परिवारका छन् ।
काठमाण्डु प्रहरीका कार्यबाहक प्रमुख एसपी कुमोद ढुंगेलले राति साढे ११ बजे घटनाबारे जानकारी आएको बताए । हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र आमा ७० वर्षीया सुमित्रा भुजेल छन् ।
उनीहरुसँगै मोरङ घर भएका १९ वर्षीय नवीन राईको पनि हत्या भएको ढुंगेलले बताए ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।