जम्मु–कस्मिरमा भिडन्तः कर्णेल सिंह र डिएसपी भट्टको निधन

काठमाण्डु टुडे २०८० भदौ २८ गते १३:०५ मा प्रकाशित

एजेन्सी– जम्मु–कश्मिर क्षेत्रमा बुधबार भएको भीडन्तमा भारतीय सेनाका एक कर्णेलको मृत्यु भएको छ ।

सर्च अपरेशनका क्रममा बुधबार अनन्तनाग जिल्लामा सुरक्षाकर्मी र सशस्त्र उग्रवादी समूहबीच भिडन्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस क्रममा कर्णे, मनप्रित सिंह, मेजर आशिष धोचक र प्रहरीका डिएसपी हुमायू भट्टका ज्यान गएको हो । गोली लागेर गम्भीर घाइते भउका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित समूह ‘रेजिस्टेन्स फ्रन्ट’ ले लिएको छ । यसैबीच प्रहरीले बिहीबार बिहीबार लश्कर–ए–तैयबाका दुई लडाकुलाई सोही क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us