आज मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै

काठमाण्डु टुडे २०८० भदौ २८ गते ९:१४ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
भट्टको १९२३ भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएर १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान गरेका भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । नेपालमा पहिलोपटक उनैले छापाखाना भित्र्याएका थिए ।

सोही छापाखानामार्फत नेपालमा पत्रकारिताको विधिवत सुरुआत भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us