हुम्लाबाट पोखराका लागि उडेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

काठमाण्डु टुडे २०८० भदौ २८ गते ९:०७ मा प्रकाशित
काठमाण्डु, २८ भदौ– हुम्लाबाट पोखराका लागि उडेको कैलाश एयरको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।
लालमटियास्थित आदर्श नमुना माविको प्रांगणमा बुधबार साँझ हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय देउखुरीले खराब मौसमका कारण पोखरामा अवतरण गर्न नसकेपछि आकस्मिक अवतरण गरिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्जवल सिंहले  हेलिकोप्टरमा पाइलटसहित पाँच जना सवार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us