
डडेल्धुरा, डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको डडेल्धुरा प्रहरीप्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीलेजनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा छन् ।
वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।