
काठमाण्डु, २८ भदौ– संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ ।
उनको राजकीय सम्मानसहित बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको छ ।
नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकारले आज उनको निधनमावदेशभर शोक बिदा दिएको छ ।
हृदयघातबाट सोमबार राति नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार र बुधबार पार्थिव शरीर श्रद्धान्जलीका लागिएमाले कार्यालय च्यासलमा राखिएको थियो । त्यहॅाबाट बुधबार अपराह्न बालुवाटारस्थित निवासमा लगिएको छ ।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट नेपाल आएका छन् ।