काठमाण्डु, २७ भदौ– प्रदेशको अधिकार खोसेको भन्दै बागमती प्रदेश सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले संविधान प्रदत्त प्रदेशको एकल अधिकारसमेत नदिएको निस्कर्षसहित संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले संविधानको अनुसूची ६ को व्यवस्थाअनुसार प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेख भए पनि संघीय सरकारले हालसम्म ती अधिकार संकुचन गरेकाले अदालत जाने निर्णय गरिएको बताए ।