
काठमाण्डु, २७ भदौ– काठमाण्डु महानगरपालिकाले आफैंले आफैंलाई सहायक निरीक्षक (असई) को फुली लगाउने ४२ हवल्दारलाई कारबाही गरेको छ ।
गत २५ हजारमा महानगरले तेश्रो तहका ४२ हवल्दारलाई चौथो तहमा बढुवा गरेको थियो । तर, ती सबैले असईको फुली लगाएका थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आफूखुसी फुली लगाउनेहरुलाई निलम्बन गरिएको जानकारी दिए ।
पदोन्नती भएकाहरुलाई महानगरका प्रमुख प्रशासकीय अधिकृतले फुली लगाइदिने व्यवस्था छ ।
तर, आफूले आफैंलाई फुली लगाउनु गैरकानूनी र अवैध भएको उनले बताए ।