बलात्कार आरोपमा सिद्धबाबालाई सफाई

काठमाण्डु टुडे २०८० भदौ २७ गते १९:१४ मा प्रकाशित

सुनसरी, २७ भदौ– अनुयायीमाथि बलात्कार आरोप लागेका सुनसरी चतराका धार्मिक गुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार गिरीलाई सफाई दिएको हो । फैसलामा मागदाबी नपुग्ने भएकाले आरोपितलाई कसुरबाट मुक्ति मिल्ने उल्लेख छ । यसअघिको फैसला पुर्नविचार गर्न उच्च अदालतले जिल्ला अदालतमा मुद्दा फिर्ता गरेको थियो ।

अदालतका तहसिलदार भरतमणि पोखरेलले गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको हो ।

सिद्धबाबाविरूद्ध आश्रममा आएकी एक महिलाले २०७९ असार मा बलात्कृत भएको भन्दै उजुरी दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us