
काठमाण्डु, २७ भदौ–एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर फर्किएका छन् ।
संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पोखरेल भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएका हुन् ।
महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ ।
हवाई टिकट मिलेपछि त्यहाँ रहेका अरु नेता पनि फर्कने एमाले केन्द्रीय प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिए ।