
काठमाण्डु, २७ भदौ– कांग्रेसका नेता शेखर कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा उभिएका कारण पार्टी राम्ररी चल्न नसकेको टिप्पणी गरेका छन् ।
बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा कोइरालाले पार्टी सञ्चालनको विधिबारे सोच्नुपर्ने बेला आएको बताए । पार्टीलाई बहुपदीय प्रणालीमा सञ्चालन गर्न यस्तो समस्या आएको उनको भनाइ थियो ।
‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ’, उनले प्रशन गरे, ‘सभापति र महामन्त्री यसरी बाँडिँदा पार्टी कसरी चल्छ ?’ ।
कोइरालाले बीपी कोइरालाको समयमा पार्टीमा प्रेसिडेन्सियल प्रणाली भए पनि पार्टी राम्रोसँग चलेको स्मरण गरे । अहिले बहुपदीय प्रणालीले पार्टी बिगारेको तर्क उनले गरे ।