
काठमाण्डु, २७ भदौ– धरान उपमहानगरपाकिलाकाका मेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उपप्रमुख बेघाका भार्इ विष्णु बेघासमेत छन् । विष्णुको उक्त घटनामा संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ उपमेयर बेघाको घरमा हतियारसहितको अराजक समूहले आक्रमण गरेको थियो ।
घटना लगत्तै घाइते अवस्थामा पक्राउ परेका सन्देश राईले उपमेयर बेघाका भाइसमेत आक्रमणमा संलग्न रहेको बताएपछि प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए । उपमेयरका भाई र राई समूहबीच दाहोरो भिडन्त भएको थियो ।
बेघाको समूह भागेर उपमेयरको घरमा प्रवेश गरेपछि अर्को समूहले आक्रमण गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ पर्नेमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ र मेनल तामाङ छन् ।
सन्देश राई समूहका उनीसहित अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई र सञ्जीव राईलाई प्रहरीले पनि पक्राउ गरिएको डिएसपी भण्डारीले बताए ।
घटनामा गम्भीर भाइते सन्देशको बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।