श्रोत नखुलेको नेपाली रकमसहित भारतीय पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २७ गते ८:१० मा प्रकाशित

नेपालगञ्ज, २७ भदौ– बाँकेको जमुनाह नाकाबाट श्रोत नखुलेको तीन लाख नगदसहित एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमद छन् ।

उनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा बलको टोलीले उनलाई युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलसहित नेपाल आउँदै गर्दा पक्राउ गरेको हो ।

अहमदलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us